माधवकुमार नेपाल–झलनाथ खनाल पक्षीय केन्द्रीय कमिटीको  बैठक जारी

686
Top leaders and other political leader attending Inaugural program of CPN-UML General Convention at Bhrikutimandap in Kathmandu on Thursday, July 03, 2014. POST PHOTO/BHASWOR OJHA/KANTIPUR

काठमाडौं । नेकपा (एमाले) को माधवकुमार नेपाल–झलनाथ खनाल पक्षीय केन्द्रीय कमिटीको बैठक भर्चुअल बैठक जारी छ। बैठकमा नेताहरूले आफ्ना धारणा राखिरहेका छन्।

प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाल समूहका दोस्रो पक्षबीच अनौपचारिक वार्ता बाक्लिएको समयमा नेपाल पक्षले बैठक गरेको हो।

बैठकमा अनौपचारिक वार्तामा भइरहेका प्रगति र आगामी रणनीतिबारे छलफल हुनेछ। केही दिनदेखि दोस्रो तहका नेताबीच भइरहेको छलफलबाट एउटा निष्कर्ष निस्कने अपेक्षा उक्ता पक्षका दोस्रो तहका नेताहरुले गरिरहेका छन्।

यसैबीच,माधव नेपाल पक्षले बोलाएको केन्द्रीय कमिटी बैठकमा सहभागी नहुन एमालेले निर्देशन दिएको थियो। एमाले अध्यक्ष केपी शर्मा ओली पक्षले उक्त बैठक पार्टीको विधान विपरित भएकोले सहभागी नहुन केन्द्रीय कमिटीका सदस्यहरुलाई निर्देशन दिएका छन् ।

बिहीवार बिहान एमाले पार्टी कार्यालयका सचिव शेरबहादुर तामाङले प्रेस वक्तव्य जारी गर्दै बैठकमा सहभागी नहुन सुचित गरेका थिए। माधव नेपाललगायत नेताहरुलाई अनधिकृत व्यक्ति भन्दै वक्तव्यमा बैठक बोलाइएकोमा भर्त्सनासमेत गरिएको छ।

ओलीले केही दिन अघि नेपालसहित ११ जनालाई साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट बर्खास्त गरेका थिए। यस कारबाहीलाई नेपाल पक्षले भने मान्य नहुने जनाउँदै आएको छ।

यद्यपि पार्टीलाई जेठ २ मा फर्काउन प्रयासरत रहेकोबारे नेपाल पक्षमा पनि विवाद बढेको बताइएको छ। यस विषयमा आजको केन्द्रीय सदस्यहरूको बैठकमा छलफल हुने एक नेताले जनाए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here