सुर्खेतकाे राउटे बस्तीमा प्रवेश निषेध रोक

126

सुर्खेत। सुर्खेतको जिल्ला प्रशासन कार्यालयले बाहिरका व्यक्तिलाई राउटे बस्तीमा जान रोक लगाएको छ। जिल्ला प्रहरी कार्यालय सुर्खेतका डिएसपी राम प्रसाद घर्तीका अनुसार राउटे युवतीमाथि यौन दुर्व्यवहार भएको भिडियो राउटे समुदायमा पुग्न नदिन बाहिरका मानिसहरुलाई राउटे बस्तीमा प्रवेश गर्न रोक लगाइएको हो।

‘पछिल्लो घटनापछि राउटे बस्तीमा चहलपहल बढ्ने र भिडियो त्यो समुदायमा पुग्न सक्ने भएपछी अनाधिकृत व्यक्तिहरुलाई बस्तीमा जान रोक लगाएका हौँ’ डिएसपी घर्तीले बताए। प्रहरीका अनुसार राउटे बस्तीमा बाहिरका कसैलाई प्रवेश गर्न नदिन राउटे वस्ती नजिकै २२ जना प्रहरी परिचालन गरिएको छ।

आजसम्म फिरन्ते जीवन बिताउदै आएका राउटे समुदाय आजभोलि सुर्खेतको गुर्भाकोट नगरपालिका ११ को आँपसोतीस्थित भेरी किनारमा बस्दै आएका छन्। आइतबार राउटे युवतीमाथि यौन दुर्व्यवहार भएको भिडियो सार्वजनिक भएपछी त्यसरी राउटे युवतीलाई दुर्व्यवहार गर्ने तीनजनालाई सुर्खेत प्रहरीले पक्राउ गरिसकेको छ।

सो घटनाबारे जानकारी पाए पिडित युवतीलाई राउटे समुदायले नै बहिस्कार र अस्विकार गर्न सक्ने वा बस्तीभित्रै मुखियाले कडा कडा सजाए दिन सक्ने प्रहरीको भनाई छ। त्यसकारण सोमबार बिहानैदेखि राउटे बस्तीमा कसैलाई प्रवेश गर्न नदिइएको डिएसपी घर्तीले बताए।

उता राउटे मुखिया सूर्य नारायण शाहीले पनि अन्य समुदायका नागरिक आएर आफ्ना जनतालाई दु:ख दिन थालेको भन्दै सुरक्षा व्यवस्था गरिदिन माग गरेका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here