देशभर जारी निषेधाज्ञा खुकुलो बनाउदै लैजाने

81

काठमाडौ । सरकारले देशभर जारी निषेधाज्ञा खुकुलो बनाउदै लैजाने तयारी गरेको छ ।

कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि देशभर जारी गरिएको निषेधाज्ञाको मोडालिटी हेरफेर गर्न सरकारले आन्तरिक छलफल अघि बढाएको हो । गृह मन्त्रालयले विभिन्न मन्त्रालयका सुझाव एवं ७७ वटै जिल्ला प्रशासन कार्यालयसँग समन्वय गरेर निषेधाज्ञालाई खुकुलो बनाउने तयारी गरेको छ ।

कोरोनाको दोस्रो लहर बढेसँगै बाँकेमा वैशाख १३ बाट लगाइएको निषेधाज्ञा अहिले ७५ जिल्लामा जारी छ । गृह मन्त्रालयका प्रवक्ता जनकराज दाहालले खेतीपाती, विकास निर्माण तथा दैनिक उपभोग्य वस्तुको किनबेचमा जनस्वास्थ्यका मापदण्ड पालना गरेर नागरिकलाई आवागमन सहज हुने गरी निषेधाज्ञा खुकुलो बनाउने विषयमा छलफल भैरहेको बताए । यसका लागि गृह मन्त्रालयले जिल्ला प्रशासन कार्यालयहरूसँग जिल्लागत वस्तुस्थिति र जोखिमबारे बुझ्ने काम गरिरहेको जानकारी दिए ।

धेरैजसो जिल्लामा जेठ मसान्तसम्म निषेधाज्ञा लगाइएको छ । वर्षान्तनजिकै आएका कारण पनि विभिन्न पेसा–व्यवसायमा आबद्धले आर्थिक कारोबार फरफारक गर्नुपर्ने देखिएर आवागमनलाई लचिलो बनाउनुपर्नेमा गृह मन्त्रालय सकारात्मक देखिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here