नेपालपक्षले प्रधानमन्त्री ओलीले प्रतिनिधि सभा विघटन फिर्ता लिनुपर्ने अडान

77

काठमाडौं । नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपालपक्षले प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन फिर्ता लिनुपर्ने अडान लिएका छन्।

ओलीले कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउनुपर्ने मागसहित सर्वोच्च अदालतमा दर्ता गरेको रिटमा नेपालपक्षका सांसदले गरेको हस्ताक्षर फिर्ता लिनुपर्ने सर्त राखेका थिए। तर, नेपालपक्षले ओलीको उक्त सर्तबमोजिम हस्ताक्षर फिर्ता नलिने भएका हुन्।

ओेलीले आफ्नो वक्तव्यमार्फत् पार्टीलाई जेठ ३ गरेको पूर्ववत् अवस्थामा फर्काउन तयार भएको विषयलाई लिएर बसेको नेपालपक्षको बैठकले त्यस्तो हुन नसक्ने भन्दै अस्वीकार गरेको हो।

ओलीको जवाफ लिखितरुपमा दिनेक्रममा नेपालपक्षले सर्वोच्च अदालतमा बुझाएको हस्ताक्षर फिर्ता गर्न नसक्ने स्थायी कमिटी सदस्य बेदुराम भुसालले बताए।‘हामीलाई केपी कमरेडले सर्वोच्चमा देउवाजीलाई प्रधानमन्त्री बनाउन गरेको हस्ताक्षर फिर्ता लिनुपर्छ भन्नुभएको छ। अब कसरी त्यो हस्ताक्षर फिर्ता लिन सकिन्छ?,’ भुसालले भने, ‘हामीले गरेको हस्ताक्षर फिर्ता लिए केपी कमरेडले प्रतिनिधि सभा विघटन गल्ती थियो भनेर फिर्ता लिनुपर्छ। तबमात्रै फिर्ता लिन्छौं।’

यदि ओलीले प्रतिनिधि सभा विघटन गर्नु गल्ती भएको भन्दै फिर्ता लिए आफूहरुलाई हस्ताक्षर फिर्ता लिन कुनै समस्या नभएको उनले बताए। नेपालपक्षले लिखित जवाफ केहीबेरमा सार्वजनिक गर्ने तयारी गरेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here