फ्रान्सका राष्ट्रपति इमानुएल माक्रोंमाथि झापड

73

काठमाडौं । फ्रान्सका राष्ट्रपति इमानुएल माक्रोंमाथि दक्षिणी फ्रान्सको भ्रमणका क्रममा एक व्यक्तिले झापड हानेका छन्। बाटोमा उभिएकाहरुसँग कुराकानी गरिरहेका बेला ती व्यक्तिले राष्ट्रपति माक्रोंलाई झापड हानेका थिए। घटना लगत्तै राष्ट्रपति माक्रोंको सुरक्षा टोलीले परिस्थितिलाई नियन्त्रणमा लिएको बिबिसीले जनाएको छ। घटनामा संलग्न रहेको आरोपमा दुई व्यक्तिलाई पक्राउ गरिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here