यार्सागुम्बा संकलनमा रोक लगाए पनि पाटनमा भीड

260

डोल्पा । डोल्पामा यार्सागुम्बा संकलनमा रोक लगाए पनि पाटनमा संकलकहरुको भीड लागेको छ। सर्वसाधारणहरु पाटनमा पुगेर यार्सागुम्बा संकलन गरिरहेका मुड्केचुला गाउँपालिका–८ का टेकबहादुर बुढाले बताए। उनले भने, ‘कमाउने र परिवार पाल्ने अर्को उपाय नभएपछि यार्सागुम्बा संकलन गर्न गएका छन्। रोगभन्दा भोक नै ठूलो रहेछ।’

जगदुल्ला र फोक्सुण्डो गाउँपालिकाका छिन्दुली, ठूली पातल, बाहिर पुदुवा, ट्याङटुङे पाटनमा यार्सागुम्बा संकलन भइरहेको छ। जेठदेखि असारको पहिलो सातासम्म यार्सागुम्बा संकलन गरिन्छ। डोल्पाका ७२ भन्दा बढी पाटनमा यार्सागुम्बा पाइन्छ। गत वर्ष पनि कोरोना महामारीका कारण यार्सागुम्बा संकलनमा रोक लगाइएको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here