नेप्सेमा १८ अर्ब ८८ करोड रुपैयाँ बढीको शेयर कारोबार

77

काठमाडौं । नेप्से परिसूचक ४२ दशमलव ७२ अंकले बढ्दा ३०२५ दशमलव ८३ को विन्दुमा रोकिएको छ । नेप्सेको अनुसार आज २ सय २१ वटा कम्पनीको ३ करोड ५० लाख २७ हजार ३ सय ६३ कित्ता शेयर किनबेच हुँदा १८ अर्ब ८८ करोड रुपैयाँ बढीको शेयर कारोबार भएको छ ।

आज सबैभन्दा बढी अरुण भ्याली हाईड्रो पावरको ६२ करोड ५९ लाख रुपैयाँ माथिको कारोबार भएको छ । त्यस्तै, अपी पावर कम्पनीको ५४ करोड ८६ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।

त्यस्तै, हिमालयन डिस्टिलरीको ५० करोड २९ लाख, नेपाल पुनर्बीमा कम्पनीको ४२ करोड ८५ लाख, लुम्बिनी विकास बैंकको ४२ करोड ४४ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here