सरकारमा सहभागी मन्त्रीहरुसँग स्पष्टीकरण

129

काठमाडौ । जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले सरकारमा सहभागी मन्त्रीहरुसँग स्पष्टीकरण सोध्नुभएको छ । जेठ ८ गतेको कार्यकारिणी समितिको बैठकले प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारमा सहभागी नहुने निर्णय गरेको थियो । उक्त निर्णय नमानि प्रधानमन्त्री ओली नेतृत्वको सरकारमा सहभागी भएका ९ जना मन्त्रीलाई स्पष्टीकरण सोधिएको जसपा कार्यकारिणी सदस्य रामसहायप्रसाद यादवले  जानकारी दिनुभयो ।
‘पार्टीको कुन निर्णयबाट सरकारमा सहभागी भएको भनेर सोधेका छौं,’ उहाँले भन्नुभयो ।अध्यक्ष यादवले ओली सरकारमा सहभागी भएका जसपाका नेता राजकिशोर यादव, अनिलकुमार झा, शरदसिंह भण्डारी, चन्दा चौधरी, उमाशंकर अरगरिया, एकबाल मियाँ, विमल श्रीवास्तव र राज्यमन्त्री बनेका चन्द्रकान्त चौधरी र रेणुका गुरुङलाई पार्टी अनुशासन उल्लंघन गरेको आरोपमा स्पष्टीकरण सोधिएको उहाँले बताउनुभयो । साथै उहाँहरुलाई सात दिनको म्याद दिइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here