समूह ‘सी’ को पहिलो खेलमा अष्ट्रियाले नर्थ म्यासेडोनियालाई ३–१ ले हरायाे

162

एजेन्सी । युरोपेली च्याम्पियनसिपमा अष्ट्रियाले विजयी सुरुवात गरेको छ। आइतबार राति भएको समूह ‘सी’ को पहिलो खेलमा अष्ट्रियाले नर्थ म्यासेडोनियालाई ३–१ ले पराजित गरेको हो।

अष्ट्रियाले युरोपेली च्याम्पियनसिपमा नै पहिलो जित निकालेको हो। पहिलो हाफमा एक एक को बराबरी भएको खेलको दोस्रो हाफमा २ गोल थप्दै अष्ट्रियाले जित हात पारेको हो।

खेलको १८ औं मिनेटमा मार्सल साबिट्जरको क्रसमा स्टेफान लाइनरले गोल गर्दै अष्ट्रियालाई सुरुवाती अग्रता दिलाएका थिए। २८ औँ मिनेटमा म्यासेडोनियामाले खेललाई बराबरीमा ल्यायो। कप्तान गोरान पान्डेभले गोल गर्दै खेललाई बराबरीमा ल्याएका थिए।

खेलको ७८ औँ मिनेटमा माइकल ग्रेगोरीचले गोल गर्दै टोलीलाई पुनः २–१ को स्थितिमा ल्याए। ८९ औँ मिनेटमा मारको अनाएउटोभिचले गोल गर्दै ३–१ को जित पक्का गरे। जितसँगै अष्ट्रियाले समूह ‘सी’ मा ३ अंक जोडेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here