नेदरल्यान्ड्सले अस्ट्रियालाई २-० गोलले हरायाे

164

काठमाडौं । जारी युरो कप २०२० अन्तर्गत गए राति भएको समूह ‘सी’को खेलमा नेदरल्यान्ड्सले अस्ट्रियालाई २-० गोलले पराजित गरेको छ।

नेदरल्यान्ड्सको राजधानी आमस्टरड्याममा भएको खेलमा नेदरल्यान्ड्सले पहिलो हाफको ११औं मिनेटमा अग्रता लिएको थियो। नेदरल्यान्ड्सका स्ट्राइकर मेम्फिस डिपाएले पेनाल्टीमार्फत गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाए।

त्यसपछि दोस्रो हाफको ६७औं मिनेटमा नेदरल्यान्ड्सले अग्रता दोब्बर बनायो। घरेलु टोलीका लागि ‘फूल ब्याक’ डे डमफ्राइजले यस प्रतियोगितामा आफ्नो दोस्रो गोल गर्दै नेदरल्यान्डसको अग्रता दोब्बर बनाए।

अस्ट्रियाले खेलमा कुनै गोल गर्न नसक्दा नेदरल्यान्ड्सले दुई खेलमा दुई जित निकालेको हो। यस जितसँगै नेदरल्यान्डस् युरो कप २०२० को अन्तिम १६ मा स्थान बनाउन सफल भएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here