युरोकपमा स्विडेनकाे पहिलाे जित

59

सेन्ट पिटर्सवर्ग : स्विडेनले युरोकप फुटबलमा पहिलो जित निकालेको छ। समूह चरणको दोस्रो खेलमा शुक्रबार स्लोभाकियालाई १–० गोलले पराजित गर्दै स्विडेनले पहिलो जित निकालेको हो । रुसको सेन्ट पिटर्सवर्ग स्टेडियममा स्विडेनलाई जित दिलाउन इमिल फोर्सबर्गले निर्णायक गोल गरेका थिए।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ७७औं मिनेटमा फोर्सबर्गले पेनाल्टीबाट गोल गरेका थिए। स्लोभाकियाका गोलरक्षक मार्टिन डबराब्काले रोबिन माकलाई डिबक्सभित्र फल गरेपछि स्विडेनले पेनाल्टी पाएको थियो। जसलाई फोर्सबर्गले सदुपयोग गरेका थिए।

जितसँगै समूह ‘ई’ मा रहेको स्विडेनले दुई खेलबाट चार अंक जोडेको छ। स्विडेनले पहिलो खेलमा स्पेनसँग गोलरहित बराबरी खेलेको थियो। स्विडेन समूहमा शीर्ष स्थानमा पनि रहेको छ। स्लोभाकियाको भने पहिलो हार हो। पहिलो खेलमा स्लोभाकियाले पोल्यान्डलाई २–१ गोलले पराजित गरेको थियो। दोस्रो स्थानमा रहेको स्लोभाकियाले दुई खेलबाट तीन अंक जोडेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here