सिन्धुपाल्चोकमा भएको बाढीको बितण्डाबाट के सिक्ने ?

143

-राधा बुढाथोकी मगर

खेतीको तयारीमा लागेका जनताका घरबास बगाउने गरी पहाडी जिल्ला सिन्धुपाल्चोकमा असार १ गते इन्द्रावती र मेलम्ची नदीमा ठूलो वाढी आयो। पूर्वानुमान नै नगरिएको वाढीले २३ जनालाई वेपत्ता बनायो भने करोडौं रुपैयाँ बराबरको भौतिक क्षति पुर्‍यायो।
हेलम्बुका केही क्षेत्र र मेलम्ची बजार क्षेत्रमा धेरै भौतिक क्षति भएको अनुमान गरिएको छ। बाढी आइरहेकोबारे समयमै सूचना प्राप्त गर्दा मेलम्चीमा मानवीय क्षति नभएपनि आर्थिक रुमपा धेरै क्षति भएको छ ।पहाड नै खसेर पहिरो बगाएर ल्याएको बाढीले मेलम्चीमा सयौं घरहरु जलमग्न भए भने पक्की र झोलुङ्गे पुलहरु पनि बगेका छन् जनताको बेहाल बिचल्ली भएको छ , सरकार बिनाको देशका जनता जस्तै भएका छन् यहाँका जनता । बाढीका कारण नदी आश्रित व्यवसायमा पनि ठूलो नोक्सानी पुगेको छ। खेतीयोग्य हजारौं विघा जमिन बगरमा परिणत भएपछि जनताका सपना चकनाचूर भएका छन् ।
लगभग १० हजार जनसंख्यालाई प्रभावित बनाएको बाढीको प्रमुख कारण भने हेलम्बु गाउँपालिकाको वडा नम्बर १ को भ्रेमाथाङको समथर जमिन फुट्नु रहेको वातावरणविद्हरु‌को निष्कर्ष छ। वातावरणविद् रविनराज निरौला भ्रेमाथाङमा अझै पहिरो जाने जोखिम रहेको चेतावनी दिईरहेका छन् । हालसम्म उक्त क्षेत्रको केही भू–भागमा मात्र पहिरो आएकाले बाँकी क्षेत्रमा फेरि पनि पहिरो जाने सम्भावना कायमै रहेको उन्को दाबी छ । भ्रेमाथाङ पहिरो र यसको सम्भावित अन्य जोखिम, तटिय क्षेत्रमा अपनाउनुपर्ने सावधानी लगायत विषयबारे सरकार भने बेखबर रहेको अवस्था छ ।
निरौलाका अनुसार मेलम्ची मध्यधारको जलाधार हो, धेरै ठूलो होइन। यसले यत्रो वितण्डा मच्चाउला भन्ने सोचिएको थिएन। खोला थुनिएला र वाढीले बगाउँछ भन्ने अनुमानको अध्ययन भइ रिर्पोट आएका छन्। मेलम्ची घ्याङमा गएको पहिरोले खोला थुनियो, तर यो पहिरोमात्र होइन भनेर अध्ययन गर्दा भ्रेमाथाङ खुलेको हो। भ्रेमाथाङ भनेको हिमाली भूभागको उपत्यका हो, चरन क्षेत्र हो। यसको लम्बाइ २ किलोमिटर र चौडाइ डेढ किलोमिटर छ। यो मैदान हो, भिर होइन। तर अहिले यो भिर भएको छ। यसपाली धेरै वर्षा हुन्छ र जोखिम धेरै छ भनेर अनुमान गरिएको थियो। शेर्माथाङमा रहेका मापन केन्द्रमा जुन १० देखि १५ सम्म ३०० एमएम वर्षा भयो। यही वर्षाले यहाँको भूमिलाई चिरा पार्‍यो र भित्र पानी पसेका कारण फुटेको देखियो। त्यसैले नै
आउने दिनका लागि पनि यो ठाउँ जोखिमयुक्त भइसकेको उन्को दाबी छ। यो अडिन सक्ने सम्भावना पनि छ, तर त्यहाँको भूगर्व अध्ययन नगरी भन्न सकिँदैन। अहिल्यै त्यहाँ जान सकिने अवस्था छैन। जोखिम अझै छ। त्यसलाई अध्ययन नगरेसम्म सम्भावित जोखिमबाट क्षति हुन नदिने तयारी गर्न निरौला सुझाव गर्छन् ।
भ्रेमाथाङमा अझै ठूलो पहिरो आउने सम्भावना जीवितै छ, त्यसैले तटीय क्षेत्रको विकल्पबारे समयमै सोचौं। अब उक्त क्षेत्रमा अध्ययन जरुरी भइसकेको छ। सरकार र बिपक्षी दलका नेताहरु गम्भिर बन्न जरुरी छ ।

अब विपत् व्यवस्थापनको तयारी हैन, थप क्षति हुन नदिनेतर्फ सोचौं। भ्रेमाथाङबाट फेरि पनि पहिरो आउनसक्छ। अब नदीको दायाँ बाया रहेका बस्तीका मानिस र संरचना जोगाउने हो। कम्तीमा ३र४ महिनाका लागि भए पनि तुरुन्तै बासको व्यवस्था मिलाउन पर्छ। यसले जोखिम कम गराउँछ।

भूकम्पपछि हामीले गरेको अध्ययनमा धेरै पहिरो गएको थियो। अत्यधिक संख्यामा पहिरो गएको देखिएको थियो। भूकम्पका कारण जमिनमा धाँजा फाटेकाले छिरेर जोखिम वढेका भन्दै हामीले केही बस्ती सार्न सल्लाह दिएका थियौं। नाकोतेजस्ता र मेलम्ची किनाराका बस्तीमा यो जोखिमको आकलन गरिएको थियो।
मेलम्ची नगरपालिकाले खोला किनारामा बस्ती बसाउन रोकेको थियो। तरपनि स्थायी र ठूला संरचना बने। यसबाट पनि हाम्रो कार्यान्वयन पक्ष कमजोर छ भन्ने देखियो।

सिन्धुपाल्चोकजस्ता र हिमाली क्षेत्रमा असुरक्षा बढेको अनुभव यो वर्ष भएको छ। अधिक मात्रामा बर्षा हुन्छ भनियो, तर हाम्रो तयारी देखिएन। हामीसँग नदीको बहाव बढेको अनुमान गर्ने क्षमता छ, तर यो पनि माथिल्लो भेगमा छैन। मेलम्चीमा पनि नाकोतेका एउटा रहेछ त्यहाँभन्दा माथि रहेनछ। मनाङमा पनि यस्तै देखियो। मापन कमि भएको ठाउँमा ठूलो क्षति भयो।
हामीले सिक्नका लागि र भविष्यका लागि तयारी गर्न भ्रेमाथाङको पहिरोले धेरै शिक्षा दिएको छ। हामीसँग हिमताल धेरै छन्, त्यहाँ मुनिका बस्ती जोखिम छन् भनियो, तर कुनै समय हिमताल रहेका र अहिले सुख्खा रहेका क्षेत्र पनि फुट्न सक्ने रहेछ भन्ने कुरा अहिले देखियो। अव यी क्षेत्रहरुको विस्तृत अध्ययन आवश्यक देखिएको छ।

भ्रेमाथाङ पहिरो रोकथामका लागि पहिला त अध्ययन जरुरी छ। अध्ययन नगरी यसमा धेरै कुरा भन्न सकिँदैन। मुख्य स्रोत कहाँ छ, र यसको कटान क्षेत्र कस्तो छरु अध्ययन गरेपछि मात्र भन्न सकिन्छ। अध्ययनपछि मात्र क्षति कम गर्ने कि नियन्त्रण, भन्ने कुरा गर्न सकिन्छ।
अब तत्काल गर्ने भनेको नदी तटीय क्षेत्रका बस्ती खाली गर्ने र सुरक्षित गराउने हो। त्यहाँ भएका सडक र पुल क्षेत्र सुरक्षित गराउने हो।

अहिले मेलम्ची र इन्द्रावतीको बाढीले लेदो थुप्रिएकाले खोलाले आफ्नो बास्तविक धार भेटाउँदैन, अनि जता पनि बग्न सक्छ।अहिले वितण्डा मच्चाएको क्षेत्रमा बस्ती बसाउन खोज्नु हुँदैन। अहिले अनुभव गरिएको जोखिमअनुसार मापदण्ड तयार गरी त्यसलाई पालना गराउनुपर्छ।
हाम्रो विपत्‌को तयारी भनेको बाढी आएपछि मात्र सोच्ने रहेछ। यो आउनुभन्दा अघि नै गर्नुपर्ने थियो। हरेक वर्ष वाढी आउँछ, तर हामीले तयारी गर्ने कुरा कहिल्यै गरेनौ

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here