कोरोना संक्रमणको अनुभवले भन्यो -यो असामान्य रुघाखोकी हो

124

-राज्यलक्ष्मी शाक्य

आफूलाई समस्या नहुँदा सम्म सबैका समस्या सामान्य लाग्दछन् । त्यही भयो मलाई पनि ।  कोरोना भाइरसको सङ्क्रमित भएपछि बल्ल थाहा भयो , यो सामान्य समस्या हैन रहेछ ।  कोरोना भाइरसको संक्रमणमा परी स्वस्थ पनि भैसकेकी छु , तर यो समस्या कसैलाई नहोस् भनेर कामना गर्न चाहन्छु । हुन त मैले पीसीआर टेष्ट पनि गरिन । मलाई सामान्य रुघा लागेपछि नै म सचेत भएँ , घरभित्रै बसेर रुघाको सामान्य उपचारमा लागें । तर रुघाको समस्य असामान्य बन्दै गएपछि मैले एकजना चिकित्सकसँग फोनमै सम्पर्क गरेर कोरोनाको उपचारमा खानु पर्ने दवाईबारे जानकारी लिएर खान सुरु गरिहालें । क्रमिक रुपमा २ हप्ताको दवाई सेवनपछि समस्या पनि कम हुँदै गयो र रुघा पनि निको भयो । मैले फेरि पनि नेगेटिभ भयो कि भएन भनेर पीसीआर जाँच गराउने चासो लिईन । यस्तो मैले किन गरें रु किनकी म पनि आम नेपाली नागरिक जस्तै त हो भन्ने निष्कर्षमा म पुगें । सर्वसाधारण जनताले कोरोना छ कि छैन भनेर जाँच गराउने हैसियत छैन ।

 कोरोना भाइरसको डररत्रास मा परिरहनु भएका सम्पूर्ण साथीहरुलाइ धैर्य धारण गर्न र आत्मबल बलियो बनाएर रोगका बिरुद्ध लड्न सबै९सबैमा हार्दिक अनुरोध छ ।

चीन को हुबे प्रान्तको उहानबाट गत वर्षको मङ्सिर९पुसबाट विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस ध्ज्इ को तथ्यांक हेर्ने हो भने अहिले बिश्वका करिव सबै रास्ट्रहरुमा फैलिसकेको छ ।

उपचाररत रहेका सम्पुर्ण बिरामीहरुको शिघ्र स्वास्थ्य लाभ को कामना गर्दछु, सङ्क्रमणका कारण संसारबाट विदा लिनुभएका साथीहरुलाई भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु, साथै परिवारजनमा गहिरो समवेदना पनि प्रकट गर्दछु १

म पेशाले सञ्चारकर्मी र घरेलु सामान उत्पादनमा लागेर समाजसेवामा समेत क्रियाशील छु १ जुन दिनदेखि नेपालमा पनि कोरोनको माहामारी भित्रियो, उक्त दिनबाट नै उचित सावधानी, सामाजिक दूरी, मास्क, पञ्जा, सेनिटाइजर, साबुनपानी लगाएतका सम्पुर्ण विधिहरु हरसम्भब प्रयोग गरि आफू र आफ्ना सम्पर्कमा रहेका सबैलाई सुरक्षित रहन सचेत बनाउने काम पनि मैले गरें । तर जतिनै साबधानी अपनाउदा अपनाउँदै पनि दुर्घटना हुन सक्छ भन्ने कुरा आफै संक्रमित भएपछि प्रमाणित भएको छ ।

तर कोरोनाबारेमा जे जति हल्ला र भ्रमहरु फैलाइएको छ त्यस्तो पटक्कै होइन भन्ने मेरो अनुभवले भन्न सक्छु । होम आइसोलेसनको बसाइ  १४ दिन पुग्दासम्मको अनुभवले मलाई यस्को जाँच गर्नु बेकार हो भन्ने सिकाएको छ । मलाइ विभिन्न माध्यमबाट उर्जामाथि थप उर्जा प्रदान गर्नु हुने शुभेच्छुकहरु सम्पूर्णप्रति आभार ब्यक्त गर्न चाहन्छु १ तपाइहरुको  हौसलाले पनि मलाइ पक्कै पनि कुनै प्राण घातक रोग को निदान गर्ने ओखती भन्दा कम प्रभावकारी आत्मबल बढाएको छ । मलाई कोरोनाले कसरी आक्रमण गर्‍यो त रु कस्तो हुँदो रैछ रु सत्य कति रैछ र हल्ला र भ्रम कस्तो छ रु के साँच्चिकै कोरोनाको संक्रमण हुने वितिक्कै अरुले हल्ला गरेकै जस्तो गरी मरिहालिने  हो त रु  सबै भ्रम रहेछन् भन्ने मेरो निष्कर्ष छ ।

यो भाइरसको संक्रमण फ्रन्ट लाईनमा सेवा गर्ने, डाक्टर , नर्स, स्वास्थ्य सेवाका सम्पुर्ण स्वास्थ्यकर्मी, सुरक्षा निकायका सम्पूर्ण सेवाकर्मीहरुस् नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, रास्टृय अनुसन्धान , निजामती कर्मचारीहरु, शिक्षणपेसाका कर्मचारीहरु, बैंक तथा बित्तिय सस्थाका कर्मचारीहरु, अत्यावश्यक बस्तुका खरिद बिक्रीकर्तार ब्यापारीहरु, पत्रकार जगत, अड्डा९अदालतका कानुन व्यवसायीहरु, सामाजिक सेवाकर्मीहरु, जननिर्वाचित जनप्रतिनिधिहरु लगायतका अन्य सम्पुर्ण कार्यालय९कर्मचारी ब्यक्तित्वहरु जोखिममा छन् भन्ने कुरामा राज्य सचेत बन्न जरुरी छ ।

अरु सबै जनता घरमै आईशोलेसनमा बसेर उपचार गरेपनि कोरोनालाई पराजित गर्न सकिने रहेछ , सबैलाई अनुरोध छ ! -जनधारणा साप्ताहिकबाट

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here