काठमाडौं । अविरल बर्षाका कारण सिन्धुपाल्चोकको मेलम्ची खोलाको बहाव जनाइएको छ । केही दिन अघिमात्र वितण्डा मच्चाएको मेलम्ची खोलामा फेरि बहाव बढेपछि त्यहाँका स्थानीयवासीलाई त्रसित बनेका छन् ।
निरन्तर परेको पानीले हेलम्बुदेखि मेलम्चीसम्मको बस्ती जोखिममा परेको भन्दै प्रहरीले त्यहाँका बासिन्दालाई सतर्क रहन आग्रह गरेको छ ।
गएको असार १ र असार ५ गते आएको बाढीले जोगाएको खोला किनारका घर, तथा संरचना र खेतीयोग्य जमिनसमेत अहिलेको वर्षाले कटान गरिरहेको छ । अझै बाढी आउनसक्ने भएकाकाले तटीय क्षेत्रका मानिसहरुलाई सुरक्षित स्थानमा गएर बस्न मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।


















