नेपाललाई काेराेना रोकथाम गर्न पाकिस्तानद्वारा आर्थिक सहयोग

75

काठमाडौं ।  कोरोना भाइरस रोकथाम र नियन्त्रणका लागि पाकिस्तानले नेपाललाई ४ करोड ३० लाख रुपैयाँ सहयोग गरेको छ ।

नेपालका लागि पाकिस्तानका राजदूत हैदर साहले उक्त रकम बराबरको चेक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्का कार्यालयका सचिव खगराज बराललाई हस्तान्तरण गरेका हुन् ।

नेपालस्थित पाकिस्तानी राजदूतावासका अनुसार उक्त रकम नेपाल सरकारलाई कोरोनाविरुद्ध लड्नका लागि सहयोग गर्न हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here