काठमाडाैं । साताको पहिलो दिन आइतबार सेयर बजार कारोबार मापक नेप्से परिसूचक घटेको छ । ८ दशमलव ४८ अंकले परिसूचक घट्दा कारोबार रकम पनि ह्वात्तै घटेको छ ।
आज सेयर बजारमा जम्मा ५ अर्ब ५ करोड ३५ लाख ३८ हजार रुपैयाँको सेयर कारोबार भएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आज होटल, म्युचुअल फन्ड र अन्य बाहेकका उपसूचक पनि ओरालो लागेका छन् ।
आज सेयर बजारमा कुल ६० हजार १७५ कारोबारमा १ करोड ८ लाख ४२ हजार २२१ कित्ता सेयर खरिद-बिक्री भएका छन् । आजको कारोबार बन्द हुँदा नेप्से परिसूचक ८.४८ अंकले घटेर २८३४.५१ बिन्दुमा झरेको छ ।
यस्तै, क वर्गका कम्पनीहरूको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स ०.३३ अंकले घटेर ५२८.४५ बिन्दुमा झरेको छ । आजको कारोबार रकम पछिल्लो केही सातायताकै कम हो ।

















