राजनीतिक विषयमा छलफल गर्न नेता नेपालले भेला बोलाए

86

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले आफू पक्षका सांसदहरूको भेला बोलाएका छन् ।

प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएपछिको परिस्थिति र पछिल्लो राजनीतिक घटनाक्रमका विषयमा छलफल गर्न नेता नेपालले भेला बोलाएका हुन् । छलफलका लागि बोलाइए पनि कुन समय र ठाउँबारे भने नबताइएको एक सांसदले बताए ।

भेलामा पार्टीले सोधेको स्पष्टीकरण र प्रधानमन्त्रीलाई दिइएको विश्वासको मतपछिको परिवर्तित राजनीतिक अवस्थाको बारेमा छलफल हुन सक्ने ती सांसदको धारणा  छ ।

आजै नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले एमालेका वरिष्ठ नेता माधव नेपालसँग भेटेर सरकार विस्तार र सञ्चालनबारेमा छलफल गरेकाले नेपालले सांसदहरूबाट यस विषयमा पनि राय लिने बुझिएको छ । देउवालाई नेपाल पक्षका २२ सांसदले विश्वासको मत दिएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here