काठमाडाैं । विश्व खेलकुदको कुम्भमेला ३२औं ग्रीष्मकालीन टोकियो ओलम्पिकको औपचारिक उद्घाटन समाराेह सुरु भएकाे छ।
काेराना महामारीकाे बीच एक हजारभन्दा कम खेलप्रेमीकाे उपस्थितिमा टोकियोस्थित ओलम्पिक रंगशाला उद्घाटन समाराेह सुरु गरिएकाे हाे।
जापानी सम्राट नारुहितो, फ्रान्सका राष्ट्रपति इम्मानुयल माक्रोँ, अमेरिकाकी फस्र्ट लेडी जिल वाइडेनलगायतका भीभीआइपीहरुको ओलम्पिक उद्घाटन समारोहमा पुगेका छन्।

















