नेपाली फुटबल टीमका प्रशिक्षक अल्मुताइरीद्वारा राजीनामा दिने घोषणा

108

काठमाडौं। नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक मोहम्मद अलमुताइरीले राजीनामा दिने घोषणा गरेका छन् । उनले आइतबार सामाजिक सञ्जालमार्फत यस्तो जानकारी दिएका हुन् । राष्ट्रिय फुटबल टिम उनकै नेतृत्वमा साफ च्याम्पियनसिपको तयारीमा थियो ।

अल्मुताइरीले फेसबुकमार्फत नेपाली फुटबल समर्थकलाई सम्बोधन गर्दै आफू अखिल नेपाल फुटबल संघ (एन्फा) मा जान लागेको र राजीनामा दिने बताएका छन् । उनले राजीनामा दिनु पछाडि एन्फाका वरिष्ठ उपाध्यक्ष पंकज नेम्वाङ जिम्मेवार रहेको पनि दाबी गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here