बनियानी । झापाको भद्रपुरस्थित मेची प्रादेशिक अस्पतालमा अक्सिजन प्लान्ट स्थापनाका लागि आएको ३ करोड रुपैयाँ फ्रिज भएको छ। कोरोना भाइरस संक्रमितको उपचार र अक्सिजन आपूर्तिमा सहजता ल्याउने उद्देश्यले अक्सिजन प्लान्ट स्थापनार्थ अस्पताललाई संघीय सरकारले उपलब्ध गराएको रकम फ्रिज भएको हो।
‘जेठ अन्तिममा रकम आयो’, उनले भने, ‘१५ दिने म्याद राखेर बोलपत्र आह्वान गर्याैं, एउटा फर्मले बोलपत्र हाल्यो, त्यसमा पनि काम सम्पन्न गर्न ढेडदेखि दुई महिना लाग्ने बताएपछि काम गर्न सकिएन।’ यता प्रदेश नं १ सरकारले अस्पताललाई उपलब्ध गराएको ३५ सिलिण्डर क्षमताको अक्सिजन प्लान्ट पनि सञ्चालनमा आउन सकेको छैन।
अस्पतालमा जडान गरिएको विद्युत् ट्रान्समिटर कम क्षमता भएकाले अक्सिजन प्लान्ट सञ्चालनमा आउन नसकेको उनको भनाइ छ।
हाल अस्पतालमा ५० केभिए क्षमताको विद्युत् ट्रान्समिटर छ। अस्पतालको पुरानो र नयाँ सबै भवनमा पुग्ने गरी ३०० केभिएको ट्रान्समिटर जडान गर्न लागिएको सूचना अधिकारी पोखरेलले बताए।
नेपाल चिकित्सक संघले दिने भनिएको ११० क्षमताको अक्सिजन प्लान्ट एक महिनाभित्र सञ्चालनमा आउने र प्रदेश सरकारले उपलब्ध गराएको ३५ गरी १४५ सिलिण्डर क्षमताको अक्सिजन प्लान्ट चाँडै सञ्चालनमा आउने उनले बताए। RSS


















