प्रथम पटक साहित्यपोस्ट उत्तम कृति पुरस्कार प्रदान

51

काठमाडौं । स्रष्टा केदार वशिष्ठलाई ‘साहित्यपोस्ट उत्तम कृति पुरस्कार’ प्रदान गरिएको छ ।

५० हजार राशिको उक्त पुरस्कार वशिष्ठको पहिलो पुस्तक ‘नेपाल विद्या’ का लागि कार्यक्रमका प्रमुख अतिथि प्रज्ञा प्रतिष्ठाका उपकुलपति जगमान गुरुङले सम्मान स्वरूप प्रदान गरेका थिए ।

उपकुलपति गुरुङले कुनै व्यक्ति र संस्थाले गर्न नसकेको काम स्रष्टा वाशिष्ठले गरेको उल्लेख गर्दै ‘नेपाल विद्या’जस्तो पुस्तक तयार गर्नु साहसिक काम भएको उल्लेख गरे ।

सो पुरस्कारका लागि २७ पुस्तकहरू प्राप्त भएकोमा १५ जना निर्णायकहरूले पहिलो नौ पुस्तक छान्दै लेखक वशिष्ठको ‘नेपाल विद्या’लाई पुरस्कारका लागि चयन गरेका थिए ।

पुरस्कृत कृति केदार वाशिष्ठको नेपाली भाषा, लिपि, संस्कृति र संस्कार सम्बन्धी अनुसन्धानात्मक कृति हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here