ओलीप्रवृत्ति कायमरहनु लोकतन्त्रकोनिम्ति चिन्ता : नेता भट्टराई

128

काठमाडौं । संसद अधिवेशन अन्त्य गरेलगत्तै अध्यादेश ल्याउनु लोकतन्त्रको उपहास भएको जनता समाजवादी पार्टीका नेता डा. बाबुराम भट्टराइले जनाएका छन् ।

मंगलवार साँझ ट्विट गर्दै भट्टराइले सरकारले दल विभाजन सम्बन्धि ल्याएको अध्यादेश प्रकृयामा असहमती जनाउँदै ओली गएपनि ओलीप्रवृत्ति कायमरहनु लोकतन्त्रकोनिम्ति चिन्ताको विषय हो भएको जनाएका छन् ।

संसद पद जोगाउने गरि दल विभाजन गर्ने गरि अध्यादेश ल्याउनु प्रतिनिधिमुलक लोकतन्त्रकै हत्या भएको भट्टराईको भनाई छ । आफुले गलतलाई गलत भनेको तर गठबन्धनको विरोध नगरेको उनले जनाएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here