‘नेपाल आइडल डिजिटल अडिसन सुरु 

63

काठमाडौं । सांगीतिक रियालिटी शो ‘नेपाल आइडल सिजन–४’ को डिजिटल अडिसन सुरु भएको छ । भदौ १ (मंगलबार)बाट डिजिटल अडिसन सुरु भएको निर्माण पक्षले जनाएको छ ।

भदौ ३१ सम्म अडिसन दिन सकिने छ ।  अडिसन दिन मोबाइल फोनको ‘प्ले स्टोर’मा गएर एपिवानको  एप्लिकेसन डाउनलोड गर्नुपर्नेछ । अडिसन ओपनमा गएर नेपाल आइडल क्लिक गरेर मागिएको विवरण भर्नुपर्नेछ । र, आफ्नो  स्वरमा दुईवटा फरक विधाका गीत रेकर्ड गरेर अपलोड गर्नुपर्ने निर्माण पक्षले जनाएको छ । डिजिटल अडिसनमा पास भएकाहरुको फिजिकल अडिसन हुनेछ ।

डिजिटल अडिशनमा देश तथा विदेशमा रहेका नेपालीले सहभागी हुन पाउनेछन् ।  ‘नेपाल आइडल सिजन–४’मा निर्णायक को हुने निश्चित भइसकेको छैन । यस अघिका तीनवटा सिजनका निर्णायक भने यो सिजनमा नहुने निर्देशक सुरेश पौडेलले बताइसकेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here