चीनबाट आज आठ लाख डोज खोप आइपुग्दै

80

काठमाडौं । चीनबाट  आज आठ लाख डोज भेरोसेल खोप नेपाल आइपुग्ने भएको छ। चीनसँग  खरीद गरिएको ६० लाख डोज खोपमध्ये आज बुधबार  र भाेलि बिहीबार गरी १६ लाख डोज भेरोसेल खोप नेपाल आउन लागेको हो।

नेपालले चीनसँग यसअघि ४० लाख डोज भेरोसेल खोप खरिद गरिसकेको छ। स्वास्थ्य सेवा विभाग, व्यवस्थापन महाशाखाका अनुसार चीनबाट दुई दिनमा १६ लाख डोज खोप आउनेछ। बाँकी ४४ लाख डोज खोप अगस्टको अन्तिम साता आइपुग्ने महाशाखाले जनाएको छ।

यस्तै, जापानले कोभ्याक्समार्फत उपलब्ध गराएको १६ लाख डोज खोपमध्ये बाँकी ७ लाख डोज खोप भदौ ५ र ७ गते आउने  महाशाखाले  जनाएकाे छ।

नेपालमा अहिलेसम्म २४ लाख ४८ हजार कोभिसिल्ड, ५८ लाख डोज भेरोसेल, १६ लाख डोज जोन्सन एन्ड जोन्सन, १० लाख ७७ हजार ३२० डोज एस्ट्राजेनेका गरी  १ करोड ८ आठ लाख ६० हजार १७० डोज खोप आइसकेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सोमबारको तथ्यांक अनुसार ३४ लाख ९० हजार ६६५ जनाले कोभिडविरुद्धको पूर्ण खोप लगाएका छन् भने ४६ हजार १६ हजार ९३६ जनाले पहिलो मात्रा लगाएका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here