विश्वमा कोरोना संक्रमितको संख्या २१ करोड ७ लाख नाघ्यो

165

काठमाडौं । विश्वमा कोरोना संक्रमितको संख्या २१ करोड ७ लाख नघेको छ । पछिल्लो २४ घण्टामा विश्वमा थप ७ लाख १९ हजार ८४८ संक्रमित थपिए सँगै कुल कोरोना संक्रमितको संख्या संख्या २१ करोड ७ लाख ९६ हजार ३९० पुगेको छ ।

वल्डोमिटर्सको तथ्याङक अनुसार  पछिल्लो २४ घण्टामा १० हजार ८६९ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यो संगै विश्वमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४४ लाख १६ हजार २१८ पुगेको छ ।

साथै पछिल्लो २४ घण्टामा ५ लाख ३७ हजार ८२९ जनाले कोरोना जितेका छन् । यो सँगै अहिलेसम्म विश्वमा कोरोनामुक्त हुनेको संख्या १८ करोड ८७ लाख ३४ हजार ४७२ पुगेको छ ।

अहिले विश्वमा १ करोड ७६ लाख ४५ हजार ७ सय जनामा सक्रिय संक्रमित रहेका छन् । उनीहरूमध्ये १ लाख ८ हजार २९९ को स्वास्थ्य अवस्था गम्भीर छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here