किसानले लगाएको धानबालीमा असर

49

काठमाडौं‌। गवारो रोगको प्रकोपले गर्दा किसानले लगाएको धानबालीमा असर पुगेको छ । रोगको प्रकोप बढ्दै जाँदा धानको गुभो मर्ने र विस्तारै बोट नै मरेर जाने समस्या बढेको किसानहरूले बताएका छन् । रोगको प्रकोप दिनदिनै बढ्दै गए पनि त्यसको उचित व्यवस्थापन र नियन्त्रणका लागि भने सरोकारवाला निकायबाट कुनै पनि पहल हुन सकेको छैन ।

अहिले बारा, पर्सा, रौतहट, सुनसरी, बाँके, बर्दियालगायत दर्जनभन्दा बढी जिल्लामा गवारोको प्रकोप फैलिएको छ । सुनसरीका अगुवा किसान भुवनेश्वर यादवले सुनसरी जिल्लाभरि गवारोको प्रकोपले किसानलाई दुःख दिएको जानकारी दिए । उनका अनुसार सुनसरीमा मात्र करीब ५ सय बिगाहाभन्दा बढी जमीनमा लगाएको धानबालीमा गवारो रोगले असर गरेको छ ।

रोग बढ्दै गए पनि किसानले आवश्यक औषधि पाउन नसकेको गुनासो उनले सुनाए । किसानहरूले कृषि ज्ञान केन्द्रमा आप्mनो समस्या लिएर गएपछि केन्द्रले बजेट अभावका कारण सहयोग गर्न नसकिने भन्दै किसानहरूलाई घर फर्काइदिएको छ ।

यस्तै समस्या अन्य जिल्लामा पनि बढ्दै गएको छ । पर्सा जिल्लामा यस वर्ष धान रोपाइँँ भएको कुल ३५ हजार हेक्टरमध्ये १० प्रतिशत धानबालीमा गवारोले क्षति गरेको छ । त्यसैगरी बर्दिया जिल्लामा समेत यस रोगले किसानलाई दुःख दिएको जानकारी आएको छ । बर्दियाको राजापुर धान सुपर जोनका संयोजक अग्नि अर्यालले करीब २ सय बिगाहाभन्दा बढी धान खेतमा गवारोले असर गरेको हुन सक्ने बताए । शुरूमा धानको गुभोमा असर गर्ने र विस्तारै बोट नै मर्ने भएकाले धानबालीमा यसले व्यापक क्षति गर्न सक्ने भएकाले यसको रोकथाम तथा नियन्त्रणका लागि सम्बद्ध निकालयले पहल थाल्नुपर्ने उनको भनाइ छ । आजको आर्थिक अभियान दैनिकमा प्रशान्त खड्काले खवर लेखेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here