काठमाडौं / विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले आफ्नो एक ब्युरो सदस्यलाई पार्टीबाट निस्कासन गरेको छ ।
नेपाल कम्युनिस्ट पार्टी मेची ब्युरोले आर्थिक अनियमितता गर्ने सो पार्टीका ब्युरो सदस्य आशिष लिम्बूलाई पार्टीबाट निस्कासन गरेको हो ।
नेकपाका केन्द्रीय सदस्य तथा मेची ब्युरो इन्चार्ज सुमनले शुक्रबार एक विज्ञप्ति जारी गर्दै आफनो पार्टीका ब्युरो सदस्य आशिष लिम्बूलाई कार्वाही गरिएको जनाएका छन् । आर्थिक अनियमिता गरेको र लामो समय पार्टी सम्पर्क भन्दा बाहिर रहेकोले आशिषलाई कार्वाहीस्वरुप पार्टीबाट निस्कासन गर्नु परेको मेची ब्युरो इन्चार्ज सुमनले विज्ञप्तिमा उल्लेख गरेका छन्।
साथै आशिष लिम्बूले अनियमितता गरेको रकम उनको जायजेथाबाट असुल गरिने कुरा पनि ब्युरो इन्चार्ज सुमनको विज्ञप्तिमा उल्लेख गरिएको छ।


















