काठमाडाैं । नेपाली सेना र भारतीय सेनाबीच संयुक्त सैन्य अभ्यास भारतको उत्तराखण्ड राज्यस्थित पिथौरगढमा हुने भएको छ।
नेपाली सेनाको रिपुमर्दन ब्यारेकले यो सैन्य अभ्यासमा सहभागिता जनाउने भएको छ। यसअघि दुई देशबीचको संयुक्त सैनिक युद्धअभ्यास सूर्यकिरणको १४ औं संस्करण रुपन्देहीको सालझण्डीस्थित नेपाल आर्मी ब्याटल स्कुलमा गरिएको थियो।
दुई वर्षदेखि जारी कोभिड-१९ महामारीका कारण एक पटक रोकिएको सैन्य अभ्यासले यो वर्षदेखि निरन्तरता पाएको हो। पौडेलका अनुसार संयुक्त सैन्य अभ्यासमा विपद् व्यवस्थापन, प्रतिविद्रोह र जंगल वारफेयरसहितमा अनुभव साटासाट हुनेछ।
यो सैन्य अभ्यासमा नेपाली सेनाका ३ सय जनाभन्दा बढी सदस्य सहभागी हुँदैछ। भारतीय सेनाबाट पनि ३ सय ५० बढी सैनिकले भाग लिनेछन्।

















