काठमाडाैं । कामपा वडा नं.१० स्थित थापाथली ईलाकाको प्रस्तुति गृह नजिक बागमती खोला किनारमा रहेका सुकुम्बासी बस्तीहरुमा पानीको सतह बढेकोले प्रभावित घरहरुमा रहेका महत्वपूर्ण सामानहरु सुरक्षित स्थानमा स्थानान्तरण गर्न सहयोग गरेको छ।
कामपा वडा नं.२० रामघाट ईलाका तथा परोपकार पूल ईलाका स्थित बिष्णुमती नदीको किनारमा रहेका स्थानीय बासिन्दाहरुको घरमा पानी छिरेकाले स्थानीयहरु लाई आवश्यक सहयोग गरेको साथै परोपकार पूल ईलाकामा जम्मा भएको फोहरको कारण पानीको बहाव अवरोध भएकोमा फोहोर हटाई बहाव सामान्य बनाएको थियाे।
कामपा वडा नं.१० स्थित त्रिपुरेश्वरदेखि कालिमाटी ईलाकासम्म बागमती खोलाको किनारमा पानीको बहाव उच्च भएकाले स्थानीयहरुलाई आवश्यक सहयोग गरेको छ।
भक्तपुर जिल्ला, मध्यपुर ठिमि नगरपालिका वडा नं.१ लोकन्थली स्थित सुकुम्वासी वस्ती तथा दिव्यश्वरी प्लानिङ्ग क्षेत्रका बस्तीहरु डुवानमा परेको हुंदा प्रभावितहरुलाई आवश्यक सहयोग गरेको छ ।
तारकेश्वर नगरपालिका वडा नं.११, नेपालटार हाईट स्थित स्वास्थ्य चौकी भवनमा अविरल बर्षा पश्चात पहिरो गएको हुँदा संभावित थप पहिरोको अस्थायी रोकथाम गरेको तथा सोही वडाको नेपालटारस्थित स्थानीयवासीको घरमा पानी पसेको हुँदा पानी हटाउने कार्यमा सहयोग गरेको छ ।


















