बालगोपाल महर्जनलाई अण्डर २३ राष्ट्रिय टोलिको प्रशिक्षकमा नियुक्त

54

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले बालगोपाल महर्जनलाई अण्डर २३ राष्ट्रिय टोलिको प्रशिक्षकमा नियुक्त गरेको छ ।

एन्फाले सोमबार विज्ञप्ति जारी गर्दे बालगोपाल महर्जनलाई नेपालको राष्ट्रिय अण्डर २३ टोलिको प्रशिक्षकमा नियुक्त गरिएको जानकारी दिएको हो ।

नेपाली सिनियर राष्ट्रिय टोलि सम्हालिसकेका महर्जनले आसन्न एएफसी अण्डर २३ एशियन कप छनौटको लागि राष्ट्रिय अण्डर २३ टोलि सम्हाल्नेछन् ।

यसैगरी एन्फाले रोजित केसीलाई सहायक प्रशिक्षक तथा ललित चन्दलाई गोलकिपिङ्ग प्रशिक्षकमा नियुक्त गरेको छ ।

एएफसी अण्डर २३ एशियन कप छनौटको समूह बी मा रहेको नेपालले ईरान,लेबनान र ताजकिस्तानसँग खेल्नेछ ।

नेपालले प्रतियोगिता अन्तर्गत पहिलो खेल कार्तिक ८ गते ईरानसँग खेल्नेछ भने घरेलु टोलि ताजिकिस्तानसँग कार्तिक ११ गते खेल्नेछ ।

कार्तिक १४ गते तेश्रो खेलमा लेबनानसँग प्रतिस्पर्धा गर्ने तालिका छ ।

प्रतियोगिताको सबै खेल ताजिकिस्तानको दुसान्बेमा रहेको रिपब्लिकन सेन्ट्रल स्टेडियममा खेलिनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here