बाढी तथा पहिरो कारण विभिन्न धनमाल नष्ट

60

काठमाडौं । काठमाडौं महानगरपालिका-३ रानीबारी चोकस्थित प्राईज कर्पो ग्लोबल प्राईभेट लिमिटेडको खाद्यान्न गोदाममा सोमबार बिहान पानी छिरी गोदाममा रहेको ७ सय १ बोरा चामल, ४ बोरा चिनी लगायतका सामानहरू भिजेर नष्ट हुँदा करिब १५ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।
यसैगरी काठमाडौं, कागेश्वरी मनोहरा नगरपालिका-९ स्थित गोठाटार एयरपोर्ट पछाडि सुनिल रेग्मीको जेकेपेपर प्रोसेसिङ्ग उद्योग प्रालिमा सोमबार बिहान पानी पस्दा करिब २० लाख रुपैयाँ मूल्य बराबरको २ सय टन कार्टुन लगायतका समानहरू डुबेर नष्ट भएको छ ।

यसैगरी काठमाडौं, कागेश्वरी मनोहरा नगरपालिका-८ गोठाटारस्थित उर्मिला खाद्यस्टोर तथा राधाकृष्ण कुटानी पिसनी तथा प्याकिङ्ग उद्योगमा सोमबार बिहान बाढी  पसेर दाल, चामल, तेल, मकै, धान समेत डुबेर करिब २० लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।
घटनास्थलमा तत्काल नजिकैको प्रहरी कार्यालयबाट खटिएको प्रहरीले आवश्यक उद्दार कार्य गरिरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here