काठमाडौं । सरकारले कृषि तथा पशुपन्छी बिमाको अनुदान बढाएको छ ।
यसअघि ५० प्रतिशत रहेको कृषि तथा पशुपन्छी बिमाको प्रिमियम ८० प्रतिशत पुर्याइने अर्थमन्त्री जनार्दन शमाले बताए ।
बजेटसम्बन्धी अध्यादेश प्रतिस्थापन विधेयकमार्फत अर्थमन्त्री शर्माले उक्त घोषणा गरेका हुन् ।


















