रिबिसु मिडियाले स्टार म्युजिक एण्ड फिल्मस अवार्ड २०७८ हुने

65

काठमाडौँ । रिबिसु मिडियाले स्टार म्युजिक एण्ड फिल्मस अवार्ड २०७८ आयोजना गरिने भएको भएको छ । आज बागबजारस्थित पत्रकार सम्मेलन गरी अवार्ड कार्यक्रम हुने घोषणा गरिएको हो ।

अवार्ड ८४ बिधामा गर्न लागिएको र अवार्डको लागि भाद्र २४ देखी असोज ५ गतेसम्म फारम खुल्ला रहनेछ । आयोजक टिमका अनुसार फिल्मका निर्देशक,कलाकार,प्राविधिक साथै सांगीतिक र चलचित्र क्षेत्रमा विशिष्ट योगदान दिनेहरुलाई प्रोत्साहन र सम्मान गरिनेछ ।

अवार्डमा दुई दशक भन्दा लामो समय बिताएका एक श्रष्टालाई नगदसहित लाइफटाइम एचिभमेण्ट अवार्डद्धारा सम्मान गरिने आयोजक टिमले जनाएको छ । कोरोना महामारीले सुस्ताएको गीत संगीत र त्यससँग सम्बन्धित सबै पक्षलाई समिटेर
यस अवार्ड गर्न लागिएको गर्न लागिएको र यस क्षेत्रमा योगदान पुर्याउनुहुने सबैलाई सम्मान,हौसला,प्रेरणा साथै अवार्ड समेत प्रदान गरिने रिबिसु मिडियाका अध्यक्ष विवेक लोप्चनले बताए । अध्यक्ष लोप्चनले समाजमा विशेष योगदान दिदै आएका व्यक्तीहरुलाई सम्मान गरिने बताए ।
अवार्डमा २०७७-०७८ भित्रका गीत संगीतलाई समावेश गरिने छ भने चलचित्रको हकमा २०७३ देखी हाल सम्म बनेका चलचित्रलाई समावेश गरिनेछ । फारक दर्ता शुल्क एक हजार रुपैया लाग्ने र एस एम एस भोटिङ्बाट आएको अंकलाई ५०% र जुरिको निर्णय ५० % हुने आयोजक टिमले बताएको छ ।

आयोजक टिमले आवेदनको लागि ९८५११४७३८६, ९८४१६१७९९७६ र ९८६९२०७५१८ मा सम्पर्क गर्न समेत आग्रह गरेका छन ।  अवार्ड कार्यक्रम भने २०७८ असोज १६ गते समापन गरिने आयोजक टिमले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here