काठमाडाैं । नेपाली सेनाद्वारा गैंडा शिकार गरेको आरोपमा भाद्र २३ गते एक जनालाइ पक्राउ गरेकाे छ ।
चितवन राष्ट्रिय निकुञ्ज सुरक्षार्थ तैनाथ नेपाली सेनाको खड्गदल गणबाट निकुञ्ज प्रशासनसहित खटिएको टोलीद्वारा विगतमा गैंडा मारी खाग विक्री व्यवसायमा संलग्न रहेको आरोपमा मुगु जिल्ला, मुगुम कर्मारोंग गाँउपालिका-९, रोम स्थायी घर भई हाल काठमाण्डौं, बौद्ध बस्ने बर्ष ६२ को नाङ्गी तामाङ्ग लामालाई पक्राउ गरि भाद्र २४ गते चितवन राष्ट्रिय निकुञ्ज कार्यालयलाई सकुशल बुझाएको जानकारी खवर प्राप्त भएकाे छ ।
















