एमसीसीकी उपाध्यक्ष फतिमा र प्रम बीच भेटवार्ता

85

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवालाई मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) की उपाध्यक्ष फतिमा सुमारले भेटेकी छिन् । शुक्रबार साँझ बालुवाटारमा पुगेर एमसीसी कार्यान्वयनका लागि अगाडि बढाउने विषयमा छलफल गरेकी हुन् ।

फतिमा एमसीसीका सहउपाध्यक्ष जोनाथ ब्रुक्स, अमेरिकी राजदूत रेन्डी बेरीसहित बालुवाटार पुगेकी थिइन् । भेटमा सरकारका तर्फबाट कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्की र मुख्यसचिव शंकरदास वैरागी पनि सहभागी थिए ।

कार्की अर्थमन्त्री हुँदा एमसीसी सम्झौता भएको थियो । उनी एमसीसी सदनबाट पारित गराउन देशभित्र अन्य दलका नेताहरुसँगको छलफलमा पनि सक्रिय रहँदै आएका छन् ।

एमसीसीबारे स्पष्ट पार्न फतिमा नेपाल आएको बुझिएको छ । उनले एमसीसी सदनबाट पारित गराउन आग्रहका लागि भ्रमण गरेको चर्चा छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here