आइबा विश्व बक्सिङ च्याम्पियनसिपकाे छनाेटमा सनिल शाही पहिलाे

84

काठमाडाैं । ललितपुरका सनिल शाही आइबा पुरुष विश्व बक्सिङ च्याम्पियनसिपका लागि भएको छनोट प्रतियोगिताको ६७ केजीमा पहिलो भएका छन् ।

नेपाल बक्सिङ सङ्घद्वारा आयोजित प्रतियोगिताको फाइनलमा १३ औं दक्षिण एसियाली खेलकुद (साग) का स्वर्ण विजेता सनिलले बक्समान्डुका दावा छिरिङ लामालाई पराजित गरे । यससँगै छनोट प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगितामा ५ स्पर्धामा ३२ खेलाडी सहभागी थिए ।

विश्व च्याम्पियनसिपका लागि बक्सिङ सङ्घले गठन गरेको छनोट समितिले यी उत्कृष्टताका आधारमा खेलाडी छनोट गर्ने नेपाल बक्सिङ सङ्घका अध्यक्ष राम अवालेले जनाएका छन् । विश्व च्याम्पियनसिप सर्बियामा आउँदो अक्टोबर २५ तारिखदेखि नोभेम्बर ६ तारिखसम्म हुनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here