मन्त्रिपरिषदलाई छिट्टै पूर्णता दिने

71

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषदलाई छिट्टै पूर्णता दिइने जनाएका छन्।

आज प्रतिनिधि सभा बैठकमा भाग लिएर निस्किएका प्रधानमन्त्री देउवाले पत्रकारहरूको प्रश्नमा मन्त्रिपरिषदले छिट्टै पूर्णता पाउने बताए।‘मन्त्रिपरिषदले छिट्टै पूर्णता पाउँछ,’ उनले भने। प्रधानमन्त्री देउवाले कांग्रेसबाट २ र माओवादीबाट २ मन्त्री तथा कांग्रेसबाट एक राज्यमन्त्री बनाएका छन्।प्रधानमन्त्री देउवाले १७ मन्त्रालय आफैँसँग राखेका छन्। देउवाले सत्ता गठबन्धनमा रहेका दलका शीर्ष नेतासँग मन्त्रीका लागि नाम मागे पनि अहिलेसम्म नाम दिएका छैनन्।

राजनीतिक दल सम्बन्धी अध्यादेश निष्कृय बनाएपछि मात्रै जसपा सरकारमा जान इच्छुक छ। तर नेकपा (एकीकृत समाजवादी) ले भने अध्यादेश पारित हुनुपर्ने बताइरहेको छ। सत्तागठबन्धनभित्रै मन्त्रिपरिषद विस्तार कहिले गर्ने भन्नेमा एकमत देखिएको छैन। नेपाली कांग्रेसका सभापति देउवा गत असार २९ मा प्रधानमन्त्री नियुक्त भएका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here