नेपालमा पनि विश्व अल्जाइमर दिवस मनाइँदै

211

काठमाडौं । विश्व अल्जाइमर दिवस आज नेपालमा पनि सचेतनामुलक कार्यक्रम गरि मनाइँदै छ । हरेक वर्ष सेप्टेम्बर २१ मा अल्जाइमर्स डिजिज इन्टरनेशनल‘एडिआई’ को आह्वानमा यो दिवस मनाउने गरिन्छ ।

दिवसको अवसरमा स्वास्थ्य मन्त्रालयका साथै स्वास्थ्य क्षेत्रका कार्यरत संघसंस्थाले विभिन्न कार्यक्रम आयोजना गरेका छन् । अल्जाइमर एक प्रकारको विर्सने र भुल्ने रोग हो । यसका कारण स्मरण शक्ति कमजोर हुने र सोच्ने क्षमतामा कमि आउने हुन्छ ।

अध्ययन अनुसार विश्वमा हरेक तीन सेकेण्डमा एक व्यक्तिमा कुनै प्रकारको डिमेन्सियाको अनुभव गर्ने गरेका छन् । अल्जाइमर चिन्ता कम गर्नका लागि खाइने औषधि, सुताइमा हुने अनियमितता, टाउकोमा लाग्ने चोट, एक्लोपन, मधुमेह लगायतका कारण पनि हुने गर्दछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here