आज नेपालले ओमानसँग मैत्रीपूर्ण फुटबल खेल्दै

96

काठमाडौं । साफ च्याम्पियनसिपको तयारीका लागि हाल कतारमा बन्द प्रशिक्षणमा रहेको नेपाली राष्ट्रिय फुटबल टिमले आज ओमानसँग मैत्रीपूर्ण खेल खेल्दैछ ।

नेपाल र ओमानबीचको खेल कतारको दोहास्थित कतार युनिभर्सिटीको मैदानमा हुनेछ । खेल स्थानिय समय अनुसार बेलुका ७ बजे नेपाली समय अनुसार राति ९:४५ बजे सुरु हुनेछ ।

माल्दिभ्समा हुने साफ च्याम्पियनसिपको तयारीका लागि नेपालले ओमानसँग खेल्न लागेको हो । नेपाली टोली कतारबाटै सोमबार माल्दिभ्स  प्रस्थान  गर्नेछ । नेपालले यसअघि घरेलु मैदानमा भारतसँग दुई मैत्रीपूर्ण खेल समेत खेलेको थियो ।

साफ च्याम्पियनसिपको १३औं संस्करण आगामी अक्टोबर १ देखि १६ ९असोज १५ देखि ३० गते० सम्म माल्दिभ्समा आयोजना हुनेछ । नेपालले पहिलो दिनै आयोजक माल्दिभ्ससँग खेल्नेछ ।

यस पटक साफमा ५ टिम मात्र सहभागि छन् । सिंगल राउण्ड रोविन लिगपछि शीर्ष दुई टिमबीच अक्टोबर १६ ९असोज ३०० मा फाइनल खेल हुनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here