काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटीको बैठक सुरु भएको छ। ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा बैठक जारी छ।
केन्द्रीय सदस्य झपट रावलले केन्द्रीय कमिटीको बैठक सुरु भएको जानकारी दिए। आजको बैठकमा समूहगत छलफलपछि दिएको सुझाव र उठाएका प्रश्नमा एमाले अध्यक्ष केपी शर्मा ओलीले जवाफ दिने छन्। त्यस्तै, महासचिव ईश्वर पोखरेल र उपमहासचिव एवं संगठन विभाग प्रमुख विष्णु पौडेलले जवाफ दिने कार्यक्रम रहेको छ। असोज १५ देखि १७ गतेसम्म आयोजना हुन लागेको एमालेको विधान महाधिवेशनमा प्रस्तुत हुने राजनीतिक, सांगठनिक र विधान संशोधन सम्बन्धी प्रस्तावका विषयमा केन्द्रीय कमिटीको बैठकमा छलफल भएको थियो।


















