वीरगञ्ज । सुख्खा बन्दरगाह (ड्राइपोर्ट) भन्सार कार्यालय वीरगञ्जले चालू आर्थिक वर्ष २०७८-०७९ को पछिल्लो दुई महिनामा लक्ष्यभन्दा बढी राजस्व सङ्कलन गरेको छ ।
लामो समयको कोभिड–१९ को असहज अवस्था बिस्तारै सुधार हुँदै जाँदा भारतसहित तेस्रो मुलुकबाट नेपालमा पछिल्लो समय सामग्रीको आयात बढेकाले लक्ष्यभन्दा बढी राजस्व सङ्कलन भएको कार्यालय प्रमुख डा लालबहादुर खत्रीले जानकारी दिए । बढी राजस्व सङ्कलन हुनेमा भन्सार महसुल पैठारीतर्फ रु कूल तीन अर्ब ९० करोड ८२ लाख ९६ हजार र मूल्य अभिवृद्धि करतर्फ कूल रु तीन अर्ब ९८ करोड ७६ लाख ८५ हजार ६७१ रुपैयाँ सङ्कलन भएको छ ।
यस नाकामा विशेष गरी भारतसहित जापान, अमेरिका, बेलायत, इजरायल, दक्षिण कोरिया, खाडी क्षेत्रका विभिन्न देशबाट सामग्री आयात हुन्छ । ठूला उद्योग कलकारखानाका लागि आवश्यक कच्चा पदार्थ, सवारी साधन, उपकरण तथा सामग्री, मदिराजन्य पदार्थ, तयारी पोशाकलगायत सामग्री तेस्रो मुलुकबाट भित्रिन्छ ।-रासस/File photo


















