सुकुम्बासीमाथि गोलीको बर्षा र हत्याकोविरोधमा अनेकियूद्वारा बक्तव्य जारी

116

काठमाडाैं । अखिल नेपाल किसान यूनियन बुटवलमा सुकुम्बासीमाथि सरकारले गोली चलाएर हिसो चार जना सुकुम्बासीको हत्या र दर्जनौं घाइते भएको घटनाप्रति   तीब्र बिरोध, निन्दा र भर्त्सना गर्दछ । मृतक सुकुम्बासीहरूप्रति श्रध्दाञ्जली प्रकट गर्दै उनीहरूका परिबारका लागि यथेष्ठ क्षतिपूर्ति दिन तथा सबै घाइतेहरूको सम्पूर्ण उपचार खर्च राज्यले ब्यहोर्न जोडदार माग गर्दछ ।

सुकुम्बासी समस्या समाधानको प्रष्ट र न्यायपूर्ण नीति नबनाएर जहिले पनि गोली डण्डा बर्षाउने अनि कर्फ्रयू लगाउने र समस्यालाई असरल्लै छोड्ने जुन गलत प्रबृति राज्यले देखाउदै आएको छ त्यसले गर्दा बर्षौदेखि यो समस्या कचल्टिएको छ र आफ्ना आसेपासे र झोलेलाई जग्गा बाँडेर सुकुम्बासी समस्यालाई जहिले पनि समाधानहीन राख्ने र सुकुम्बासीहरुको हत्या गर्ने क्रम जारी राख्ने  गर्दै आएको प्रष्टै देखिन्छ ।

अखिल नेपाल किसान यूनियन बास्तविक सुकुक्बासीका लागि उचित बसोबास, शिक्षा, स्वास्थ्य र रोजगारीको जिम्ँमेवारी राज्यले लिन र यस समस्याको दीर्घकालीन समाधान खोजेर उनीहरुको जीवन सुरक्षा र सुनिश्चित भबिष्यको प्रबन्ध गर्न पुनः जोडदार माग गर्दछ । साथै बुटबलमा हिजो थरिएको प्रहरी परिचालन र हत्या काण्डको तुरुन्तै न्यायपूर्ण छानबिन गर्न र मृतक परिबारलाई यथेष्ठ क्षतिपूर्ति दिन तथा घाइतेहरु सबैको निःशुल्क उपचार गर्न समेत अखिल नेपाल किसान यूनियन  बिशेष तथा जोडदार माग गर्दछ ।

२०७८ असोज २५

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here