बस दुर्घटना हुँदा १६ जनाको मृत्यु

60

काठमाडाैं । मुगुमा बस दुर्घटना हुँदा १६ जनाको मृत्यु भएको छ । नेपालगञ्जबाट मुगु सदरमुकाम गमगढी जाँदै गरेको भे १ ख १६७ नम्बरको बस छायाँनाथ रारा नगरपालिकास्थित पिनागाउँमा दुर्घटना भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परेर १८ जना घाइते भएका छन् । घाइतेहरुको अवस्था पनि गम्भीर रहेको प्रहरीले जनाएको छ । मुगुका प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतले बस सडकबाट करिब ३०० मिटर तल खसेको बताए ।

बस भीरबाट धेरै तल झरेकाले घाइतेको उद्धार तथा शव संकलनको काम भइरहेको प्रजिअ महतले बताए ।  दुर्घटनाबारे विस्तृत विवरण आउँन बाँकी छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here