विपीको काल्पनिक समाजवाद र वैज्ञानिक समाजवादबारे केही कुरा !

95

— निमकान्त पाण्डे

समाजवाद मानव समाजको बनावटलाई संकेत गर्ने शब्द हो । सामान्य रुपमा समाजवाद भन्ने बित्तिकै बुझिने अर्थ यही हो । मानवजातिले आत्मसात गर्दै आएको समाज व्यवस्थाको वस्तुगत मान्यता नै समाजवाद हो । पूर्वीय बैदिक कालका स्मृति ग्रन्थहरुका आधारमा भन्नु पर्दा मानव जातिले अपनाउँदै आएको जीवनशैलीले समाजमा पारेको प्रभावलाई व्यवस्थित गरेर समाजलाई समान ढंगले चलाउने पद्वती नै समाजवाद हो । समाजवाद मानव समाजका लागि नै आवश्यक मानिएको हो ।

सेन्टसाइमन, चाल्र्सफोरियर्स र रोबर्ट ओभेन जस्ता चिन्तकहरुले काल्पनिक समाजवादको बकवास गरे । तर त्यस्ता काल्पनिक समाजवादलाई पछि पार्दै समाज विज्ञानका पथप्रदर्शक कार्लमाक्र्सले वैज्ञानिक समाजवादको अवधारणा अगाडि सारे समयक्रमसँगै कार्लमाक्र्सले अगाडि सारेको वैज्ञानिक समाजवाद नै समाजवादको वास्तविक पक्ष पुष्टि भइसकेको छ ।

समाजवादको प्राप्तिका विषयमा राजनीतिक द्वन्द कायमै छ । कसैले हिंसात्मक क्रान्तिको माध्यमबाट समाजवादको स्थापनाको माध्यमलाई उपयुक्त ठानेका छन् भने कसैले अहिंसात्मक आन्दोलनकै माध्यमबाट संवैधानिक र लोकतान्त्रिक मार्गबाट नै समाजवाद गन्तव्यमा पुग्न सकिन्छ भन्ने मान्यता पनि राख्दै आएका छन् । मानव समाज र सभ्यताको विकाससँगै विकसित हुँदै आएको समाजवादको परिकल्पना बहसको विषय बनेको छ ।

समाजवादको सम्बन्ध समाजको सुधारसँग सम्बन्धित छ । समाजको सुधार हुन सकेन भने समाजवाद परिकल्पना मात्रै हुन्छ । समाजवादलाई विरोध गर्नेहरुले पनि सम्बैधानिक तरिकाले समाजवाद प्राप्तिको बाटो अवलम्बन्ध गरिनुपर्छ भन्ने मान्यता राख्दछन् । यस अर्थमा वैज्ञानिक समाजवादका विरोधीहरुले पनि समाजवादी व्यवस्थाको विरोध गर्न सकेका छैनन् । समाजवादी व्यवस्थाको विरोध गर्नु भनेको समाज विकासको विरोधी बन्नु नै हो । त्यसैले समाजवादी व्यवस्था विरोध राजनीतिककर्मीहरुको निम्ति अव सम्भव छैन । कार्लमाक्र्सको बैचारिक आन्दोलनको विजय भनेको यही हो । परन्तु कार्लमाक्र्सले वर्ग संघर्षकै माध्यमबाट समाजवादको स्थापनालाई जोड दिएका छन् ।

काल्पनिक समाजवाद बारे बहस गर्नुको कुनै अर्थ छैन । काल्पनिक समाजवाद कल्पनासँग जोडिएको विषय हो । कल्पनालाई सार्थक बनाउन विज्ञानको सहारा आवश्यक हुन्छ । काल्पनिक समाजवादीहरुले समाजवादको कल्पना मात्र गर्दछन् भन्ने कुरा नेपालको सन्दर्भमा विपी कोइरालाको समाजवादको कल्पनालाई उदाहरणका रुपमा लिन सकिन्छ । विपी कोइरालाले सबै नेपालीको बस्ने घर होस्, सबै नेपालीको घरमा जोत्ने गोरु होउन् र सबै नेपालीका घरमा दुहुनो गाई होस् भनेर समाजवादको व्याख्या गर्नु भएको थियो । कोइरालाको समाजवाद यत्तिमा सीमित रहेको छ । तर वैज्ञानिक समाजवाद यो भन्दा धेरै फराकिलो छ । वैज्ञानिक समाजवादले अवसरलाई प्राथमिकता राख्दछ । शिक्षाको अवसर, रोजगारीको अवसर, स्वास्थ्य उपचारको अवसर, आर्थिक समानताको अवसर लगायत वैज्ञानिक समाजवादका आधारभूत सर्तहरु हुन् । कार्लमाक्र्सले यस्तो समाजवादलाई वैज्ञानिक समाजवादको संज्ञा दिनु भएको छ । यस्तो समाज स्थापना गर्न  वर्ग संघर्षको आवश्यकतालाई माक्र्सले जोड दिनु भएको हो ।

कार्लमाक्र्स र उहाँका पे्रmडरिक एंगेल्सले मानव समाज विकासको अध्ययनपछि सामाजिक परिर्वतनको क्रान्तिकारी कार्यक्रमका रुपमा समाजवादलाई अघिसारेपछि यसलाई क्रान्तिकारी रुपान्तरणको अभियानको रुपमा वैज्ञानिक समाजवादीहरुले  आत्मसात गरेका हुन् ।

बेलायतमा लोकतान्त्रिक समाजवादको सुरुवात भइसकेको थियो । सन् १८४८ मा कार्लमाक्र्सले वैज्ञानिक समाजवादको साम्यवादी अवधारणासहित घोषणापत्र सार्वजनिक गर्नु भयो । यसको प्रभाव विश्वभर प¥यो । खासगरी युरोपियन मुलुकहरुमा वैज्ञानिक समाजवादको लहर नै चल्यो । परन्तु वैज्ञानिक समाजवाद प्रयोगका क्रममा जनताका अधिकारहरु कुण्ठित भएको अर्थ लगाइयो । यस अर्थमा वैज्ञानिक समाजवादले अधिनायकवादको जन्म गराउने आरोप पनि लाग्यो । जनताका लोकतान्त्रिक अधिकार प्राप्तिको सवालमा अभैm पनि बहस चलिरहेको छ ।

मानव सभ्यतासँगै विकसित हुँदै आएका स्वतन्त्रता र समानताका सवालहरु र विज्ञानले गरेको उन्नतिले समाजवादको परिभाषा नयाँ ढंगले खोजिरहेको दावी पनि राजनीतिक क्षेत्रमा गरिएको छ । यस अर्थमा लोकतान्त्रिक समाजवादको अवधारणा पनि विशेष चर्चित छ । लोकतान्त्रिक समाजवादका प्रणेताका रुपमा हेराल्द जे लास्की विशेष मानिन्छ । युरोपेली समाजवादीहरुमा विकसित पूँजीवाद र साम्यवादीको द्वन्दका बीच विकसित भएको लोकतान्त्रिक समाजवादको परिकल्पना पनि व्यवहारमा लागू हुन सकेको छैन । संसदीय व्यवस्थाका माध्यमबाट आर्थिक र सामाजिक परिर्वतन ल्याउन सकिन्छ भन्ने अवधारणाबाट लोकतान्त्रिक समाजवादको प्रसंग आएको हो ।  यो पक्षले कार्लमाक्र्सको वैज्ञानिक समाजवादको अवधारणालाई सर्वाधिकारवादी भनेर आरोप गर्दछ ।

नेपालको सन्दर्भमा नौलो जनवादको नारासँगै ठूला—ठूलो हिंसात्मक संघर्षहरु पनि भएका छन् । झापा आन्दोलन होस् वा माओवादीले चलाएको १० वर्षे जनयुद्ध होस्, नौलो जनवाद प्राप्तिका लागि भएका हिंसात्मक संघर्षहरु हुन् । सक्रिय राजतन्त्र देशमा क्रियाशील रहेका बेला थालिएको झापा आन्दोलन र संवैधानिक राजतन्त्र देशमा रहेका बेला थालिएको माओवादीको १० वर्षे सशस्त्र युद्धले ठूलो संख्यामा नेपाली जनताको रगत बगाएको छ । नौलो जनवादी व्यवस्था स्थापनाका लागि भनिएका सशस्त्र युद्धहरु निराशाजनक परिणाम सहित स्थगित भएका छन् । वर्तमानको जनअसन्तुष्टिलाई मध्यनजर गर्दा देशले राजनीतिक परिर्वतन चाहेको छ भन्ने स्पष्ट हुन्छ ।

नेपालको संसदीय राजनीतिमा कम्युनिष्ट विचारका पार्टीहरुको बहुमत रहेको छ । सडकमा पनि कम्युनिष्ट विचारको बाहुल्यता छ । तर जनताका आवश्यकताहरु सम्बोधन हुन सकिरहेको अवस्था छैन । जनताले नौलो जनवादको परिकल्पनामा बगाएको रगत  खेर गएको छ । संसदवादी कम्युनिष्ट नेताहरुले अहिलेकै संसदीय व्यवस्थालाई नौलो जनवादको संज्ञा दिएका छन् । यस्तो व्यवस्थालाई नौलो जनवाद भनिदिएपछि जनतामा असन्तुष्टि बढेर गएको छ । संसद बाहिर रहेका कम्युनिष्ट नेताहरुमा अव हुने परिर्वतन नौलो जनवाद वा वैज्ञानिक समाजवाद भन्ने बहस चलिरहेको छ । यो बहसले कम्युनिष्ट नेताहरुलाई एउटै पार्टीमा समेटिएर शक्ति बलियो बनाउन दिएको छैन । वैज्ञानिक समाजवाद स्थापनाका निम्ति जनमत संग्रहको प्रस्ताव गरेर विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले नेपालको राजनीतिमा मात्र नभएर विश्वकै कम्युनिष्ट राजनीतिमा नयाँ तरंग सृजना गरिदिएको छ । यो प्रस्तावले कम्युनिष्टहरु हिंसामा मात्र विश्वास गर्छन् भन्ने  विरोधीहरुको आरोपको खण्डन गरेको छ । १० वर्षे जनयुद्ध र झापा आन्दोलनको हिंसात्मक परिणामप्रति असन्तुष्ट भइरहेका नेपाली जनतामाझ जनमतसंग्रह मार्पmत वैज्ञानिक समाजवादको स्थापनाको बहसले आर्कषण पैदा गरिरहेको छ । यो अहिंसाको माध्यमबाट वैज्ञानिक समाजवादको प्राप्तिलाई अवरोध गरियो भने फेरि बल प्रयोगको बाटो नै सत्य सावित हुने छ । आगे सबैलाई चेतना !  -जनधारणा साप्ताहिकबाट

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here