काठमाडौं । एनआईसी एसिया बैंकले आफ्ना सेयरधनीलाई १५.७८ प्रतिशत लाभांश दिने भएको छ। बैंकको सोमबार सम्पन्न सञ्चालक समितिको बैठकपछि लाभांश घोषणा गरिएको हो।
बैंकले सेयरधनीलाई गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट १५ प्रतिशत बोनस सेयर तथा कर प्रयोजनका लागि ०.७८ प्रतिशत नगद लाभांश गरी १५.७८ प्रतिशत लाभांश दिने निर्णय गरेको हो।
उक्त लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति तथा साधारणसभाले पारित गरेपछि सेयरधनीले पाउने छन्।


















