झापामा मोटरसाइकल दुर्घटना एकको मृत्यु, २ घाइते

82

झापा । जिल्लामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।

झापाको गौरादहमा शुक्रबार बिहान भएको मोटरसाइकल दुर्घटनामा गौरादह ५ का करिब ४० वर्षीय वेणु अधिकारी (भानु)को मृत्यु भएको हो। उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। दुइटा मोटरसाइकल ठक्कर खाँदा आज बिहान ८ बजे दुर्घटना भएको हो।

दुर्घटनामा मे ९ प २७०३ को मोटरसाइकलका चालक अधिकारीको मृत्यु भएको हो। उक्त मोटरसाइकल मे ६ प ५४१६ नम्बरको मोटरसाइकलसँग ठक्कर खाएको थियो। दुर्घटनामा गौरादह ५ चप्रामारीका ३० वर्षीय अनुप राजवंशी र १६ वर्षीय ललित शर्मा घाइते छन् । उनीहरूको न्यूरो अस्पताल विराटनगरमा उपचार भइरहेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here