सांसद युवराज दुलालको संयोजकत्वमा ६ सदस्यीय प्रदेश सरकार सञ्चालन कार्यदल गठन

52

हेटौंडा, २४ कात्तिक । बागमती प्रदेश सरकार सञ्चालनका लागि कार्यदल गठन भएको छ। नेकपा माओवादी केन्द्रका सांसद युवराज दुलालको संयोजकत्वमा ६ सदस्यीय प्रदेश सरकार सञ्चालन कार्यदल गठन भएको हो।

कार्यदल सदस्यमा माओवादीबाट बुद्धिमान माझी, नेपाली कांग्रेसबाट राधा घले, प्रभात तामाङ र नेकपा एकीकृत समाजवादीबाट माधव पौडेल, मीना ज्ञवाली रहेको कार्यदल सदस्य सांसद तामाङले जानकारी दिए।

कार्यदलले प्रदेश सरकार सञ्‍चालनका लागि सहजीकरण गर्ने जनाइएको छ। कार्यदलले गठबन्धनबीच न्यूनतम साझा कार्यक्रम तयार गर्ने, गठबन्धनबीच सहमति, सहकार्य एवं समझदारी कायम गर्ने र सरकारको कार्यक्रम कार्यान्वयनलाई मितव्ययी, प्रभावकारी, भ्रष्टाचार शून्य बनाउने लगायतका काम गर्ने जनाइएको छ।

मुख्यमन्त्री राजेन्द्र पाण्डे, माओवादी संसदीय दलका नेता शालिकराम जम्कट्टेल, कांग्रेस संसदीय दलका नेता इन्द्रबहादुर बानियाँसहित परामर्शमा कार्यदल गठन भएको जनाइएको छ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here