काठमाडौं महानगर २९ औँ स्थापना दिवस मनाउँदै

112

काठमाडौं । काठमाडौं महानगरपालिकाले विभिन्न कार्यक्रम गरी शुक्रबार आफ्नो २९ औँ स्थापना दिवस मनाउँदै छ ।

महानगरपालिकाले सैनिक मञ्च टुँडिखेलमा गरेको विशेष सभामा प्रधानमन्त्री पुष्पकमल दाहालसहित शीर्ष व्यक्तिको सहभागिता थियो।

दिवसको अवसरमा महानगरपालिकाका मेयर बालेन्द्र शाहले शुभकामना व्यक्त गर्दै महानगरपालिकालाई यहाँसम्म पुर्याउन सहयोग गर्ने सबैप्रति धन्यवाद ज्ञापन गरेका छन्।

तत्कालीन सरकारले २०५२ साल मङ्सिर २९ गते काठमाडौँ नगरपालिकालाई महानगरपालिकाको रूपमा घोषणा गरेको थियो। महानगरले आफ्नो स्थापनाको त्यही दिनलाई आधार मानेर हरेक वर्ष मङ्सिर २९ मा महानगर दिवस मनाउँदै आएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here