काठमाडौं । लिओनल मेसीले सन् २०२२ को विश्वकप दौरान लगाएका ६ जर्सी न्युयोर्कमा भएको सोथबी अक्सनमा कूल ७.८ मिलयन अमेरिकी डलरमा लिलामी भएको छ ।
मेसीको कप्तानीमा अर्जेन्टिनाले फ्रान्सलाई फाइनलमा पेनाल्टी सुटआउटमा हराएर विश्वकप जितेको थियो ।
कीर्तिमानी ८ पटकको बालोन डे’ओर विजेता मेसी एकै विश्वकपमा समूह चरण, अन्तिम १६, क्वाटरफाइनल, सेमिफाइनल र फाइनलमा गोल गर्ने पहिलो खेलाडी बनेका थिए ।
मेसीको जर्सी लिलामीबाट प्राप्त आम्दानीको एक भाग दुर्लभ रोगबाट पीडित बालबालिकाको आवश्यकताहरू पूरा गर्न लियो मेस्सी फाउन्डेशनको सहयोगमा सान्ट जोन डे डेउ बार्सिलोना बाल अस्पतालको नेतृत्वमा रहेको युनिकास परियोजनालाई दान गरिने सोथबीले जनाएको छ ।


















