रुकुम पूर्वको सिस्नेमा सकेट बम फेला

252

दाङ । रुकुम पूर्वको सिस्ने गाउँपालिका- २ मा सकेट बम फेला परेको छ। वुर्किसल्लामा एक दर्जन बढी सकेट बम फेला परेको वडाध्यक्ष जीवन केसीले जानकारी दिए।

गोठालो गएका स्थानीयले बिहीबार दिउँसो बम फेला पारेको उनले जानकारी दिए। ओढारमा प्लास्टिकको ड्रममा लुकाएर राखिएको अवस्थामा बम फेला परेको हाे।

उक्त बम द्वन्द्वकालमा लुकाएको हुनसक्ने अनुमान गरिएको छ। माओवादीको प्रभाव क्षेत्र भएकाले माओवादी लडाकुहरुले उक्त बम राखेको हुनसक्ने अनुमान गरिएको हो। ड्रममा थुप्रो पारेर राखिएकाले ठ्याक्कै कतिवटा बम छन् भन्ने एकीन हुन नसके पनि बाहिरबाट हेर्दा एक दर्जन बढी हुनसक्ने वडा अध्यक्ष केसीले जानकारी दिए।

बम डिस्पोज गर्न नेपाली सेनाको टोली घटनास्थलतर्फ गएको बताइएको छ। घटनास्थलका बारेमा जिल्ला प्रहरी कार्यालय, प्रशासन, नेपाली सेनालाई हिजै जानकारी गराइसकिएको छ। बम भेटिएको जानकारी पाएपछि वडाध्यक्ष केसी, इलाका प्रहरी कार्यालय नायगाडलगायतको टोली घटनास्थलमा पुगेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here